काठमाडौं । नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल चयन भएका छन् । कम्पनीको २३०औं सञ्चालक समिति बैठकबाट पौडेल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
पौडेलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्धित कम्पनी हो ।
FACEBOOK COMMENTS