काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू सबैको अभिभावक भएको बताएका छन् ।
बुधबार काठमाडौँ उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टमस महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले ‘क्रिस्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु भएको र संविधान मान्दिन भन्ने देशद्रोही भएको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति दिएर आलोचित भइरहेका उनले आफू सबैको अभिभावक भएको बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै मन्त्री किराँतीले आफू सबै धर्म मान्नेको अभिभावक भएको बताउँदै अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने आफ्नो जोड रहेको बताएका हुन् । ‘संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौँ। अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो’, उनले लेखेका छन् ।
उनले लेखेका छन्, ‘भन्नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्टियनको कार्यक्रममा जाँदा क्रिष्टियन भने फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ। त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ। अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो।’
संस्कृतिमन्त्रीको अभिव्यक्तिमाथि रवि लामिछानेको टिप्पणी : उहाँलाई पदमा बसिरहने अधिकार छैन
FACEBOOK COMMENTS