काठमाडौं,फागुन ७- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” बजारमा निष्काशन गर्ने भएको छ । त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्र दश (१०) वर्षको अवधिकालागि निष्काशन गर्न लागिएको बैंकले जनाएको छ ।
रु.२ अर्ब ५० करोड बराबरको प्रति ऋणपत्र रु.१,०००÷— अंकितम मूल्यका २५ लाख कित्तामध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व ऋणपूँजी रकम (५०,००० कित्ता सामूहिक लगानी कोषकालागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निस्काशनबाट बिक्री गरिने र बाँकी १५ लाखकित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्तिवा संघ संस्थाहरुलाई व्यक्तिगत तर्फ Private Placement बाट बिक्री गरिने कुरा बैंकले जानकारी गराएको छ ।
ग्लोबल आइएमई क्यापीटल लिमिटेडको निष्कासन तथा विक्री प्रवन्धमा यस बैंकले जारी गर्न लागेको १० वर्ष अवधि तथा बार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले [ICRANP] LBBB+ रेटिङ्ग मिति २०७६÷०७÷०७ मा प्रदान गरेको हो । उक्त क्रेडिट रेटिङ्ग प्राप्तगर्ने Instrument लाई समयमानै वित्तीयदायित्व पूरा गर्ने सम्वन्धमा सुरक्षित मानिन्छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव पाँचलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS