काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलको बाँकी बक्यौता रकम किस्ताबन्दीमा बुझाउनका लागि ३० दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।
प्राधिकरणले बक्यौता विद्युत महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको जनाएको छ । प्राधिकरणले आज सूचना जारी गर्दै ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा आवेदन दिन भनेको हो ।
पुस १६ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विभिन्न संरचनाहरूबाट विद्युत सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको सूचनामा उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS