काठमाडौं । अप्रिलियाले आफ्नो एसआर १६० बीएस–६ संस्करणको राइड सम्पन्न गरेको छ ।
नेपालका लागि अप्रिलियाको आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले पुस २८ गते शनिबार राइड आयोजना गरेको थियो ।
अप्रिलियाको टेकु सोरूमबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म राइड आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका निर्देशक एवं सीईओ विजय महतोले ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड आयोजना गरिएको बताए ।
राइडरहरुले राइडमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे । कम्पनीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।
FACEBOOK COMMENTS