काठमाडौं । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भिआइपीबाटै सुन तस्करी हुने गरेको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आइतबार विभागले आयोजना गरेको ‘आर्थिक पत्रकारसँग भन्सार प्रक्रिया तथा सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भिआइपी क्षेत्रबाट नै बढी तस्करी हुने गरेको बताएका हुन् ।
उनले भने, ‘भन्सार विभागले गलत काम गर्दैन । यहाँका कर्मचारी सज्जन छन् । त्यसैले भन्सारका कर्मचारीलाई चोर नभन्नुस् । हाम्रो नियतमा कुनै खोट छैन् । ’
भन्सार विभागको वर्तमान काम सेटिङ भत्काउने रहेको पौडेलले बताए ।
उनले थपे, ‘अनुगमनमा त्रुटि पनि हुन्छ । सुधार पनि हुन्छ । हाम्रो प्रविधि भन्दा हामी भन्दा तस्कर एक कदम अघि छ । हामीले हाम्रो कमजोरी बाट पाठ सिकेर नयाँ प्रविधि भित्र्याउँदै छौँ ।’
सुनमा सिलिकन राख्दा सुन ल्याएको थाहा नहुने उनले बताए । त्यसैले केही सामाग्री प्रविधिले पनि पता लगाउन नस्कने उनले सुनाए । महानिर्देशक पौडेलले भन्सार नाकाबाट हुने सबै अवैध गतिविधि रोक्न नसकिए पनि तस्करहरुको ‘सेटिङ’ भत्काउन विभाग केहि हदसम्म सफल भएको दाबी गरे ।
शोभाकान्तले मेरो कार्यकालमा कुनै पनि प्रकारको सेटिङ हुन नदिने प्रतिबद्धता व्यक्त गरे । तस्करको काम कसरी सुन भित्र्याउने हुन्छ । हाम्रो काम कसरी भित्रिन नदिने भन्ने रहेको उनले बताए ।
विमानस्थलबाट सुन तस्करी भएको विषयमा बोल्दै उनले भने, ‘सुन क्विन्टल क्विन्टल आयो भनेको छ । अब हाम्रो सरकार नै कमजोर छ । जुन देशको सरकार कमजोर छ त्यो देशमा नै तस्करी हुने हो । हामी भन्सार विभागले भन्सार बाट सुन आए हेर्ने हो । भिआइपी क्षेत्रबाट नै तस्करी हुन्छ । हामीलाई कसरी थाहा हुन्छ हाम्रो गल्ती कसरी हुन्छ । हाम्रो क्षेत्रबाट भए गल्ती हुने हो । हाम्रो क्षेत्रमा नै जाँचको लागी नआएपछि कसरी थाहा पाउने । ’
हरेक सुन तस्करीमा जोडिएको ती एक व्यक्ति समातिए सुन तस्करी रोकिने उनले बताए ।
अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
विभागले अन्तर्राष्ट्रिय भन्सार दिवस साताव्यापीरुपमा मनाउने भएको छ । विभागले आज आर्थिक पत्रकारसँग अन्तक्र्रिया गरेको छ । आज नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा, माघ ९ गते नेपाल समुद्रपार निकासी पैठारी सङ्घको आयोजनामा, माघ १० गते नेपाल चेम्बर अफ कमर्सको आयोजनामा र माघ ११ गते नेपाल उद्योग परिसङ्घको आयोजनामा अन्तक्र्रिया गरिने जनाइएको छ ।
त्यस्तै देशभरका विभिन्न भन्सार कार्यालयले व्यवसायी तथा सरोकारवालासँग अन्तक्र्रिया, खेलकुदलगायत विविध कार्यक्रम, रक्तदानलगायत कार्यक्रम गर्नेछन् । अन्तर्राष्ट्रिय भन्सार दिवस मूल समारोह समितिको आयोजनामा माघ १२ गते विभागमा विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
त्यस्तै देशभरका विभिन्न भन्सार कार्यालयले व्यवसायी तथा सरोकारवालासँग अन्तक्र्रिया, खेलकुदलगायत विविध कार्यक्रम, रक्तदानलगायत कार्यक्रम गर्नेछन् । अन्तर्राष्ट्रिय भन्सार दिवस मूल समारोह समितिको आयोजनामा माघ १२ गते विभागमा विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
FACEBOOK COMMENTS