काठमाण्डौ – आगामी शुक्रबारदेखि ललितपुरमा तीन दिने महिला उद्यमी मेला आयोजना हुने भएको छ ।
साना तथा मझौंला व्यवसायी महासंघ नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गरी महिला उद्यमी मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा आयोजना हुने मेला ३ दिनसम्म चल्नेछ ।
करिब ६० वटा स्टल रहने मेलामा काठमाडौं, ललितपुर र भक्तपुरका महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकलालगायतका सामग्रीहरू प्रदर्शन गरिने साना तथा मझौंला व्यवसायी महासंघ नेपालका अध्यक्ष बाबुकाजी महर्जनले जानकारी दिए ।
‘एक घर, एक व्यवसाय’ लाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको मेला आयोजक समितिका संयोजक ईनु पौडेलले बताइन् ।
मेलामा १५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS