काठमाडौं । नेपालले क्यानडाविरुद्धको चुनौतीपूर्ण लक्ष्य चुम्दै जित हासिल गरेको छ ।
आज टीयू क्रिकेट मैदानमा भएको क्यानडाविरुद्धको दोस्रो एकदिवसीय प्रतिस्पर्धामा नेपालले २८६ रनको विशाल लक्ष्य चुम्दै जित हासिल गरेको हो ।
क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।
क्यानडाविरुद्धको ३ एकदिवसीय सिरिजमा नेपालले दुई खेल जितिसकेको छ । अन्तिम एकदिवसीय सिरिज सोमबार हुनेछ ।
FACEBOOK COMMENTS