काठमाडौं । प्रतिनिधिसभा सदस्य नागिना यादवले डीडीसीले किसानले बिक्री गरेको दुधको ८५ करोड भुक्तानी नगरेको विषय संसदमा उठाएकी छिन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले डीडीसीले किसानले बिक्री गरेको दुधको ८५ करोड भुक्तानी नगरेको बताएकी हुन् ।
उनले भनिन्, ‘यो कस्तो मुलुक होला, एकातिर हामी कृषिप्रधान देश भनेर भन्छौँ, अर्कोतिर विभिन्न हिसाबले हामी किसानलाई नै निरुत्साहित गरिरहेका हुन्छौँ । जस्तो विभिन्न हिसाबले किसानलाई दुधको भूक्तानी नदिनु, रासायनिक मलको व्यवस्था नगर्नु यो कस्तो अवस्था हो ? कि सरकारको नियत नै ठीक नभएको हो ? काम गर्ने भन्छौँ तर हामी नियतचाहीँ सफा राख्दैनौँ ।’
उनले यस्ता समस्या छिटो निराकरण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
FACEBOOK COMMENTS