काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामुदायिक लघुवित्त वित्तीय संस्था र बीपीडब्लु लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जानका लागि अन्तिम स्वीकृति दिएको छ ।
बोर्डले फागुन ९ गते मर्जरका लागि स्वीकृति दिएको हो । दुवै संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले माघ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था को नामबाट कारोबार हुनेछ । दुई संस्था १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् ।
मर्जरपछि संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका-१४ मा हुनेछ । सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरको लागि कात्तिक २ गते अन्तिम सम्झौता सम्पन्न भएको थियो ।
FACEBOOK COMMENTS