काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको बोनस र घलेम्दी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
मितेरीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ९ दशमलव ५० प्रतिशत बोनस सेयर सूचीकत भएको हो । नेप्सेका अनुसार यसको ९ लाख ६४ हजार २५१ दशमलव ३६ कित्ता सेयर सूचीकरण गरिएको हो ।
उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि मात्र लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS