काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत २० गतेका लागि साधारण सभा बोलाएको छ ।
बैैकले यो पटक सेयरधनीलाई लाभंश नदिने भएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा प्रस्ताव पेश हुनेछ ।
सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ । सभा प्रयोजनार्थ बैंकले फागुन २४ देखि चैत २० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS