काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले आज वार्षिक साधारणसभा बोलाएको छ । राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग बिहान ११ बजेदेखि सभा सुरु हुनेछ ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद सहित ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
त्यसैगरी, बोनस सेयर वितरणपश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।
कम्पनीले फागुन ७ गते बुक क्लोज गरेको छ । फागुन ६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउछन् । बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीको चुक्ता पुँजी २० अर्ब पुर्याउन निर्देशन दिएपछि कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।
FACEBOOK COMMENTS