काठमाडौं । नेपालमा आरसीसी ढलान घर बनाउनेको संख्या १० वर्षमा १२ प्रतिशतले बढेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ मा भएको जनगणनाको जनसंख्याको संरचना प्रतिवेदनमार्फत उक्त प्रक्षेपण गरेको हो।
राष्ट्रिय जनगणना २०७८ अनुसार २९.८ प्रतिशत घर सिमेन्ट जडित इँटा/ढुगा प्रयोग भएको छ भने २२ प्रतिशत घरको जग ढलान पिलरसहितका छन् ।
२०६८ र २०७८ जनगणनाको १० वर्षबीचको अवधिमा पिलर र आरसीसी ढलान गरेर बनेका घरको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको छ । २०६८ मा आरसीसी ढलान गरेको घर १८ प्रतिशत रहेकोमा २०७८ मा ३० प्रतिशत पुगेको छ ।
५२.२ प्रतिशत परिवारले घरको गारो सिमेन्ट जडित इँटा/ढुंगाबाट बनेको छ । ११.७ प्रतिशत घर बाँसजन्य सामाग्रीबाट बनेका छन् ।
८० प्रतिशत परिवारको घर जस्तापाता वा आरसीसी ढलान रहेका छन् । २०६८ जस्तापाता २८.८ रहेकोमा अहिले ४१.९ प्रतिशतले प्रयोग गरिरहेका छन् । आरसीसी ढलान भएका छत ०६८ मा २२.५ प्रतिशत रहेकोमा ३७.८ प्रतिशत पुगेको छ ।
घरको भुइँ ४७.३ सिमेन्टको र ४६.२ प्रतिशत माटोबाट बनेका रहेका छन् । करिब ३ प्रतिशत घरका भुइँमा सेरामिक टायल्स प्रयोग भएको छ ।
२०७८ को जनगणनामा घरको भौतिक संरचनाको जग, बाहिरी गारो, छाना र भुइँको बनावटको बारेमा विवरण संकलन गरेको थियो ।
FACEBOOK COMMENTS