काठमाडौं, फागुन २७ नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस ९कोभिड–१९० को सन्त्रासका कारण निगमले आजैदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न यस अघिनै कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएको छ । कतारले आगमनमा अस्थायी प्रतिबन्ध लगाएसँगै निगमले उक्त मुलुकको उडान स्थगन गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
“कतारले अस्थायी प्रतिबन्ध लगाएका १४ देशमध्ये नेपाल पनि एक भएकाले नेपालीले पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगन गर्नुपरेको हो”, निगमको विज्ञप्तिमा भनिएको छ ।
FACEBOOK COMMENTS