काठमाडौं । एक दम्पत्तीले विवाह भएको करिब सात वर्षपछि मात्रै आफूहरू दाजुबहिनी भएको थाहा पाएका छन् ।
ती दम्पतीले आफूहरूबाट छोरी जन्मिएको ६ वर्षपछि मात्रै आफूहरूको पुरानो सम्बन्धबारे पत्तो पाएका हुन् ।
१२ वर्षअघिको यो अनौठो घटना ब्राजिलको हो । जहाँ ३९ वर्षीया दाजु लिआन्ड्रो र ३७ वर्षकी बहिनी एड्रियानाले अञ्जानमै विवाह गरेका थिए । जसलाई उनीहरूका बुबा–आमाले सानैमा (एक वर्ष र आठ वर्षको हुँदा) छाडेका थिए ।
सामाचार पोर्टल ‘द अष्ट्रेलियन’का अनुसार लिआन्ड्रो अहिले सौन्दर्य प्रसाधनको सामग्री बेच्नै महिला हुन् । उनलाई एक स्थानीय रेडियो कार्यक्रममा अन्तर्वार्ता लिने क्रममा ती दुई व्यक्ति दाजुबहिनी रहेको खुलासा भएको हो । कार्यक्रममा लिआन्ड्रोको विगतबारे कुरा कोट्याइएको थियो त्यसक्रममा उनले पारिवारिक अवस्था बताउँदै जाँदा यस्तो खुलासा भएको हो ।
यद्यपि, उनीहरूले सामाजिक चुनौतीलाई झेल्दै श्रीमान्–श्रीमतीकै रुपमा आफूहरूलाई अगाडि बढाउने प्रण गरेका थिए ।
FACEBOOK COMMENTS