काठमाडौं । मनकामना स्मार्ट लघुवित्त संस्थाले चैत २९ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । चैत १५ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन पाउनेछन् ।
सभामा संस्थाले समता घरेलु लघुवित्त वित्तीय संस्था प्राप्ति गर्ने प्रस्ताव पेश गर्नेछ । गत भदौमा दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भएको थियो । सभा होटल पौवा सिद्धार्थनगर–६ रुपन्देहीमा बस्नेछ ।
FACEBOOK COMMENTS