काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ५५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।
यही चैत २७ गते हुने चेम्बरको ७३औं वार्षिक साधारण सभाबाट चयन हुने कार्यसमितिमा निर्धारित समयभित्र आवश्यक सङ्ख्यामा मात्रै आवेदन परेपछि सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको वरिष्ठ अधिवक्ता समेत रहेका प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपानेले जानकारी दिए ।
उनका अनुसार वाणिज्यतर्फ १५, उद्योगतर्फ ९, जिल्लातर्फ १५, नगरतर्फ १, वस्तुगततर्फ ९, संस्थागत (द्विराष्ट्रिय)तर्फ ३ र आवद्धतर्फ ३ जनाले मात्रै उम्मेदवारी दिएका छन् । जुन संख्या आवश्यक मात्रै हो ।
चेम्बरको विधान अनुसार नवनिर्वाचित कार्य समितिले नै अध्यक्षलगायत पदाधिकारी चयन गर्ने छ ।
हेर्नुहोस् कार्यसमितिको सूची–
यस्तो छ, निर्वाचन कार्यतालिका–
FACEBOOK COMMENTS