काठमाडौं । नेपालमा आक्रामक बजार विस्तार गरिरहेको टाटाको ईभीका सबै मोडेलहरूको मूल्य बढाइएको छ ।
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको सुरूवाती मूल्य योजना समाप्त भएको जनाउँदै मूल्यवृद्धि भएको जानकारी दिएको छ ।
सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोेको अवसरमा कम्पनीले टियागो ईभी नेपाली बजारमा आकर्षक मूल्यमा सार्वजनिक गरेको थियो । टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याक समेत हो । हालसम्म एक हजार ५०० वटा भन्दा बढी गाडी बिक्री भएका छन् र त्यसका सबै ग्राहकहरू सन्तुष्ट रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गाडीको खरिदमा सीमित अवधिका लागि राखिएको मूल्य, ग्राहकहरुले दर्शाएको रुचि र मागको कारण मार्चसम्म लम्बाइएको थियो । २०२४ अप्रिल ५ तारिकदेखि टियागो ईभीको सुरुवाती मूल्यको अवधि सकिएको छ । नेपालमा उपलब्ध टियागो ईभीको सबै मोडलहरुमा एक लाखले मूल्य वृद्धि भएको छ ।’
FACEBOOK COMMENTS