काठमाडौं । प्रभु बैंकले वार्षिक साधारणसभा बोलाएको छ ।
चैत २३ गते बसेको बैंक संचालक समितीको बैठकले बैशाख २० गते २२ औै साधारणसभा गर्ने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय बबरमहलमा हुनेछ । सभा बिहान १० बजेदेखि सुरु हुनेछ ।
बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयधनीहरुलाई लाभांश नदिने भएको छ । सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
सभा प्रयोजनका लागि बैंकले बैशाख ४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । बैशाख ३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् ।
FACEBOOK COMMENTS