काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले आज बार्षिक साधारणसभा बोलाएको छ ।
सेयरधनीका लागि लाभांश घोषणा नगरेको कम्पनीले हकप्रद सेयर भने जारी गर्ने प्रस्ताव ल्याएको छ । कम्पनीले सभामा ५० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश गर्ने छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । त्यसको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा लैजान लागेको हो ।
कम्पनीले सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल गर्नेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि चैत १५ गते बुक क्लोज गरिसकेको छ । चैत १४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् । सभा अमृतभोग कालिकास्थानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
FACEBOOK COMMENTS