काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आजका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
यो पटक कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । चैत १५ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
मनकामनालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्दैछ । गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भएको हो । सभा होटल पौवा सिद्धार्थनगद–६, रुपन्देहीमा दिउँसो १ बजेदेखि हुनेछ ।
FACEBOOK COMMENTS