काठमाडौं । नेपालीहरूको नयाँ वर्ष २०८१ को चहलपहल सुरु भएको छ । एक वर्ष पूरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन छ । पात्रोको प्रथम दिन तथा वर्ष वा सालको सुरुवातलाई नयाँ वर्ष भनिन्छ ।
नयाँ वर्षमा नयाँ सामान खरिद गर्ने र नयाँ ठाउँ घुम्ने चलन छ । यसै अवसरमा दुईपाङ्ग्रे सवारी साधनका बिक्रेता कम्पनीहरूले धमाधम नयाँ–नयाँ अफर सार्वजनिक गरिरहेका छन् ।
विशेषगरी नयाँ वर्षम सवारीसाधनमा विशेष छुट पाइने भएकोले सवारीको बिक्री्वितरण हुने क्रम बढ्ने गर्दछ । सोहीलाई मध्यनजर गर्दै नेपालमा दुईपाङ्ग्रे सवारी बिक्रेताहरूले आकर्षक अफरहरू सार्वजनिक गरेका छन् । जसमा कुनैले क्यास व्याकअफर दिएका छन् भने कुनैले नगद छुटको अफरहरू दिएका छन् ।
कुन कम्पनीले के दिएको छुट ?
१ रुपैयाँ खर्चमा २ वर्षसम्म होण्डा बाइक मर्मत गर्न सकिने
होण्डा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले नयाँ वर्ष अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकले तीनवटा प्याकेजबाट आफूलाई मनपर्ने स्किम छान्न पाउनेछन् । नयाँ वर्षमा होण्डा मोटरसाइकल र स्कुटर किन्दा ग्राहकले मात्र १ रुपैयाँको खर्चमा २ वर्षसम्म मर्मत सम्वन्धि सेवा पाउनेछन् । यसमा सर्भिसिङ, इन्जिन आयल र स्पेयर पार्ट्स निशूल्क उपलब्ध हुनेछ । यो स्किम लिन नचाहने ग्राहकले स्क्र्याच र ५ वर्षसम्मको आकर्षक एएमसी प्याकेज छनोट गर्न सक्नेछन् ।
स्क्र्याच कार्डमार्फत १ लाखसम्मको नगद उपहार पाउन सकिने कम्पनीले जनाएको छ । अफर होण्डाको सबै सोरुममा उपलब्ध रहने जनाइएको छ । होण्डाले नेपाली बजारमा डिओ र ग्राजिया स्कुटरको साथ साइन, यूनिकर्न, सिबी हर्नेट र एनएक्स २०० लगायत मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले नेपालमै एसेम्वल प्लान्ट स्थापना गरेर बाइकको उत्पादन समेत थालिसकेको छ ।
यज्डी स्क्र्याम्ब्लर मोटरसाइकलको ‘अविश्वसनीय क्यासब्याक’ अफर
यज्डी मोटरसाइकलको आधिकारिक बिक्रेता अग्नि मोटोइंकले नयाँ वर्ष २०८१ को अवसरमा यज्डी स्क्रयाम्ब्लरमा जीवनमा एकपटक मात्र पाइने अफर ल्याएको छ । कम्पनीले आफ्ना बाइकको खरिदमा क्यासब्याक र छुट पाउने अफर सार्वजनिक गरेको हो ।
अन रोड र अफ रोड सबै तिर चलाउन सकिने यज्डी स्क्रयाम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेहरूलाई लक्षित गरी ल्याइएको कम्पनीको भनाइ छ । यो अफरमा मोटरसाइकल खरिद गर्नका लागि ग्राहकहरूले उत्तरढोका, काठमाडौं तथा नेपालगञ्जमा रहेका शोरूमहरूमा जानुपर्नेछ ।
जिहोको नयाँ वर्ष अफरः नगद छुटदेखि थाइल्याण्ड भ्रमणसम्मको मौका
सीएफमोटो र जिहो ब्राण्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘वि स्मार्ट राइड स्मार्ट’ नामक अफर ल्याएको छ । उक्त अफर यही चैत १५ देखि आगामी वैशाख ३१ सम्म लागू रहने कम्पनीले जनाएको छ । अफरअन्तर्गत कम्पनीले आफ्नो जिहो ब्राण्ड रोज्ने र खरिद गर्ने ग्राहकहरुको निम्ति अफरस्वरूप स्क्राच गरी ८ हजार १ सयदेखि ८१ हजार रुपैयाँसम्म छुट पाउन सकिने र यसका साथै ग्राहकले निःशुल्क थर्ड पार्टी इन्स्योरेन्स र निःशुल्क हेल्मेट पनि पाउन सक्नेछन् ।
कम्पनीले आफ्ना एक्सचेन्जमा आउने ग्राहकहरुको सन्दर्भमा भने सिधै १५ हजार रुपैयाँ थप मूल्याकंन, निःशुल्क थर्ड पार्टी इन्स्योरेन्स र हेल्मेटको व्यवस्था गरेको छ । एक्सचेन्ज खरिदमा स्क््रयाच कार्डको अफर लागू नरहने जानकारी कम्पनीले दिएको छ । अफरअन्तर्गत समस्त ग्राहकहरुले कम्पनीले राखेको बम्पर अफरमा भने सम्मान रुपमा सहभागिता जनाउन पाउन सक्नेछन् । जसमा १ जना भाग्यशाली विजेताले कम्पनीको तर्फबाट ४ रात ५ दिनको थाइल्याण्ड भ्रमणको प्याकेज पाउन सक्नेछन् ।
सेगवेका अफरः नगद छुट र लक्जरी गेटवे
सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यू इयर, न्यू अफर २०८१’ सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो अफर यही चैत १९ गतेदेखि सुरु भई २०८१ सालको वैशाख १८ गतेसम्म लागू हुनेछ । उक्त योजना अवधिभित्र सेगवेको विभिन्न मोडलको स्कुटर खरिदमा विशेष नगद छुट प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।
यसका साथै स्कुटरको खरिदमा क्लब हिमालय नगरकोटमा एक रातको बसाइका लागि पनि उपहार जित्न सकिनेछ ।
सहरीदेखि साहसिक यात्राका लागि ग्राहकहरूमा सेगवे ई–स्कुटरहरूमा आकर्षित बन्दै गएको छ। । नयाँ वर्षको विशेष अफरमा ग्राहकहरूले चयन गर्ने सेगवे इ–स्कुटरका मोडेलहरूमा आकर्षक नगद छुटहरू प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार ई१२५ र ई११०एल मा २५ हजारसम्म, ई१०० मा २० हजारसम्म र एन१०० मा १५ हजारसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।
सुजुकीको मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार छुट
नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले ग्राहक वर्गलाई मध्यनजर गर्दै नयाँ वर्ष अफर ल्याएको छ । ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासि’ नाम दिइएको उक्त योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुट पाउनेछन् ।
यस्तै थप स्क्राच कार्डमार्फत १ लाख सम्म क्यास वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्याङ्कन भन्दा थप मोटरसाइकलमा रु १५ हजार र स्कुटरमा २० हजार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै फाइनान्समा ० प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ ग्राहकवर्गले सोही छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।
सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि उपलब्ध हुने जनाएको छ । यो योजना चैत १४ देखि ज्येष्ठ १८ सम्म लागु हुनेछ । बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि मोटरसाइकल उत्पादन गर्दे आइरहेको छ ।
नयाँ वर्षमा बजाजले १ लाखसम्मको उपहार दिँदै
बजाज मोटरसाइकलको नेपालका लागि अनधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले ग्राहकहरूलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरूसहित उक्त योजना ल्याएको हो । यो योजना अन्तर्गत ग्राहकहरूले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताहरूले १ लाखसम्मको नगद उपहार पनि जित्न सक्नेछन् ।
त्यसका साथै ग्राहकहरूले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन्, जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउनेछ । त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरूसँग उपलब्ध हुने कम्पनीले जनाएको छ ।
टालियन ब्रान्डको बेनेली बाइकमा एक लाखसम्मको छुट
टालियन ब्रान्डको बेनेली बाइकमा नयाँ योजना ल्याइएको छ । नेपाली नयाँ वर्षको अवसरमा केटीएम इन्टरनेशनल ट्रेडिङले विशेष फाइनान्स योजना ल्याएको हो । योजना अन्तर्गत १८० सिसी बाइक तथा स्कुटरमा २० मिनेटमा नै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा साधन खरिद गर्न सकिने छ ।
साथै अरू मोडलहरूका बाइकहरूमा विशेष छुटको व्यवस्था पनि मिलाइएको कम्पनीले जनाएको छ। कम्पनीले मोडल हेरी १५ हजारदेखि एक लाखसम्मको छुट दिने जनाइएको छ ।
FACEBOOK COMMENTS