काठमाडौं, चैत ३- नबिल बैंकको व्यवस्थापकमा कृष्ण सुवेदी नियुक्त भएका छन् । माछापुछ्रे बैंकमा प्रमुख दायित्व व्यवस्थापन अधिकृतको रुपमा काम गर्दै आएका सुवेदी नबिल बैंकमा आएका हुन् ।
सुवेदीले करिब २ दशकदेखि बैंकिङ तथा कर्पोरेट क्षेत्रमा काम गर्दै आएका छन् । यसअघि उनी एनएमबी बैंकमा समेत आवद्ध रहेर काम गरेका थिए । संस्थागत बैंकिङ र बाह्य मामिलामा जानकार उनीसँग निजी क्षेत्र र सरकारी संस्थाबीच समन्वय कायम गर्ने क्षमताका आधारमा बैंकको प्रबन्धकमा नियुक्त गरिएको नविल बैंकले जनाएको छ ।
सुवेदीले केही दिनभित्रै औपचारिक रुपमा नवीलमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।
FACEBOOK COMMENTS