वि.स. २०१६ चैत २ गते ललितपुरमा जन्मिएका प्रदीप कुमार श्रेष्ठ उद्योग र व्यापारसँग सम्बन्धित पञ्चकन्या ग्रुपको प्रबन्ध निर्देशक छन् । एमबीएसम्मको अध्ययन गरेका प्रसिद्ध व्यावसायिक व्यक्तित्व श्रेष्ठ साउथ अफ्रिकाको अवैतनिक वाणिज्य दूत, एशिया प्यासिफिक चेम्बर अफ कमर्श (सीएसीसीआई) का उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका सल्लाहकार पनि छन् । यस्तै, उनी बुटवल पावर र साङ्ग्रीला इनर्जी लिमिटेडको निर्देशक, कावेली पावर र उर्बन पेन्टागनका अध्यक्ष तथा शिभम् डेभलपर्सका निर्देशक समेत हुन् ।
यसअघि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष बने श्रेष्ठलाई अहिलेसम्म पनि कान्छो उमेरको अध्यक्ष भनेर चिनिन्छ । उनले रोटरी क्लब र नेपाल गल्फ एसोसिएशनको अध्यक्ष तथा नेपाल राष्ट्र बैंकमा बोर्ड सदस्य भएर काम गरिसकेका छन् । साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यावसायिक, सामाजिक र आर्थिक संघसंस्थाहरूलाई नेतृत्वदायी भूमिका प्रदान गरिसकेका श्रेष्ठले गोरखा दक्षिणबाहु, वीरेन्द्र ऐश्वर्या सेवा पदक, नेपाल सम्मान–२०५९ जस्ता पदक प्राप्त गरेका छन् ।
उनले अमेरिकी बायोग्राफी इन्स्टिच्युटबाट म्यान अफ द इयर–२०२३ प्राप्त गरेका छन् भने सन् २००३ मा बेस्ट अन्टरप्रेनर अवार्ड पनि पाएका थिए । उनको अथक र दूरदर्शी सोचले पञ्चकन्या ग्रुपको उन्नयनमा महत्वपूर्ण योगदान पुग्दै आएको उनले जुन जिम्मेवारी बहन गरे त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । उनै प्रदीप कुमार श्रेष्ठसँग कर्पोरेट खबरका कार्यकारी सम्पादक ज्योति जीसीले वर्तमान आर्थिक स्थिति र पञ्चकन्या ग्रुपसँग सम्बन्धित रहेर विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ, प्रबन्ध निर्देशक श्रेष्ठसँगको कुराकानीको सम्पादित अंश भिडिओमा–
निर्माण व्यवसायीलाई सरकारले भुक्तानी दिए उद्योग र अर्थतन्त्र आफैं चलायमान बन्छ (भिडिओ वार्ता)
FACEBOOK COMMENTS