काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रुपमा कार्यरत डाक्टर स्मृति शाक्य पेशाले चिकित्सक हुन् ।
लामो समयदेखि यही क्षेत्रमा निरन्तर लाग्दै आउनु भएकी मुटुरोग विशेषज्ञ डा।स्मृतिले अहिलेसम्म हजारौँ दिल अर्थात हृदय रोगीहरुको सफल उपचार गरिसकेकी छिन् ।
चिकित्सक पेशामा अब्बल डाक्टर स्मृतिले पछिल्लो सयम डाक्टर मात्रै होइन गायिकाको पनि परिचय थपिन् । उनी अहिले चिकित्सक स्मृति मात्रै होइन गायिका स्मृति पनि बनिन् ।
हजारौँ हृदय रोगीहरुको दिल छोएर सफल उपचार गरेकी सुमधुर आवाजकी शाक्यले पछिल्लो समय ‘मैले मायाँ लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन’ बोलको मर्मस्पर्शी गीतको म्युजिक भिडियो बजारमा ल्याउनु भएको छ । ट्युटुवमार्फत सार्वजनिक गरिएको उक्त गीतमा एकल सङ्गीका चार वटा एल्वम वजारमा ल्याइसक्नु भएका पूर्वप्रदेशमन्त्री डाक्टर अजयक्रान्ति शाक्यको शव्द रहेको छ । चिकित्सक शाक्यले गाउनु भएको गीतमा संगीत पनि पूर्वमन्त्री शाक्यकै रहेको छ । म्युजिक भिडियोको छायाङ्कन देवकुमार श्रेष्ठको निर्देशनमा भएको हो । म्युजिक भिडियोका सबै दृष्य काठमाडौं र ललितपुरमा छायाङ्कन गरिएको छ ।
म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको मोडलिङ रहेको छ । म्युजिक भिडियोमा चिकित्सक शाक्य स्वयंको पनि अभिनय देख्न सकिन्छ ।
