काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ ।
तोलामै रू. एक हजार सात सयले वृद्धि भएर नयाँ रेकर्ड बनाएको हो । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला बिहिबार प्रतितोला रू. एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि रू. एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।
तेजाबी सुन बिहिबार रू. एक लाख ३९ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रू. एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा रू. २५ ले ओरालो लागेको छ । बिहिबार प्रतितोला रू. एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि रू. एक हजार आठ सय ७५ निर्धारण भएको छ ।
FACEBOOK COMMENTS