काठमाडौं । प्राध्यापक डा. सुरेन्द्र केसीले दरबार हत्याकाण्डमा जनताले ज्ञानेन्द्रमाथि ठूलो आशंका गरेको बताए ।
ज्ञानेन्द्रमाथि जनताले आशंका गरे पनि घटनाबाट बचेका गोखर शमशेरले पनि यसमा दीपेन्द्रकै हात रहेको बताएको उनले सुनाए ।
सेना, प्रहरीले, शाही परिवार र दरबारसँग जोडिएका राणाहरूले उक्त घटना युवराज दीपेन्द्रले नै गराएको दाबी गरिरहेको उनले बताए । आफूलाई भने सबै घटना दीपेन्द्रले गराएकोमा विश्वास नरहेको बताए ।
उनले वीरेन्द्रलाई हान्नेसम्म चाहिँ दीपेन्द्रले गरेको र त्यसपछि अरु कोही संलग्न भएको आशंका व्यक्त गरे । दरबारनिकटका कलाकार नीर शाहले पनि उक्त घटना दीपेन्द्रकै कारण घटेको भनी अन्तर्वार्ताहरू दिएको केसीले स्मरण गराए । दीपेन्द्रलाई सो घटनामा आफ्नो पनि ज्यान जाँदैछ भन्ने कुरा थाहा नभएको डा. केसीको दाबी छ । दीपेन्द्रले गोली चलाएर वीरेन्द्र ढलेपछि त्यसपछिको घटनालाई अरुले टेकओभर गरेको उनको उनको अनुमान छ ।
संवैधानिक दायरामा आइसकेको राजपरिवारको वंशनाश गर्नुपर्ने नेपाली जनताबाट कुनै खतरा नरहेको उनले बताए । वीरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्रले पालेहुर्काएकाहरूबाट नै राजासंस्थामा खतरा आएको बताए । उनले ज्ञानेन्द्र सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादु थापाको नाम लिए ।
अहिले राजतन्त्रको पक्षमा माहोल बन्दै गएको डा. केसीको भनाइ छ । उनले अहिलेका राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूको भन्दा बजारमा आफ्नो क्रेज बढी रहेकोसमेत दाबी गरे ।
दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो । उक्त हत्यकाण्ड छानविन गर्न तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बने पनि विश्वसनीय प्रतिवेदन दिन सकेन । दरबार हत्याकाण्डका बारेमा अहिले पनि अनेकौं अनुमान लगाइन्छ ।
‘लभ अफयरका कारण दीपेन्द स्वयम्ले राजपरिवारको बंश नाश गरे’ ज्ञानेन्द्रको सन्तान कसरी जोगिए ?
FACEBOOK COMMENTS