काठमाडौं । नेपाल उद्योग वाणिज्य महसंघ (एफएनसीसीआई)को पहलमा तयार भएको स्टार्ट अप नीति पारित भएकोमा महासंघले खुसी व्यक्त गरेको छ ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए । दुई वर्षअघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफलपछि मन्त्रिपरिषदले पारित गरेको छ ।
विकसित देशहरूमा स्टार्टअप स्थापित भएसँगै नेपालमा पनि यसको चर्चा र चासो हुनु स्वाभाविक हो । किनकी, व्यवसायमा नयाँ सोचहरूको प्रार्दुभाव भइरहेका र सानो–सानो लगानीमा नयाँ विचारका साथ केही व्यवसायहरू उदाउँदै गर्दा तिनको सञ्चालन कसरी र केका आधारमा भइरहेका छन् भन्ने राज्यको चासोसँगै ‘स्टार्टअप’को परिभाषा र त्यसको नीतिका बारेमा छलफल भए र ‘स्टार्टअप नीति’ विकास गर्ने प्रक्रियाले थालनी पाउँदै रोकिँदै हालै २०८१ जेठ २ गते मन्त्रिपरिषदबाट पारित भयो ।
नीति आउनु नेपाल उद्योग वाणिज्य महासंघ तथा समग्र निजी क्षेत्रका लागि अतिनै महत्वपूर्ण छ, किनकी यसका लागि महासंघले अनवरत रूपमा विभिन्न तवरबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सघाउँदै पनि आएको थियो र सो नीति आएको खुसीयालीमा महासंघले उक्त नीतिले अंगीकार गरेका लक्ष्य, उद्देश्य, परिभाषा, रणनीति, कार्यनीति र कार्यक्रमका बारेमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षता तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जिवलाल भुषालको आतिथ्यतामा महासंघमा नीति संबाद आयोजना गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नीति सम्बाद कार्यक्रमका अध्यक्ष तथा महासंघ अध्यक्ष ढकालले स्टार्टअपका सन्दर्भमा आफ्नै पछिल्लो इतिहासलाई जोड्दै नीति ल्याउन लामो समय देखिको महासंघ स्टार्टअप एण्ड इन्नोभेसन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको र यो धेरै नै छलफलहरूबाट निकै खारियर आएकाले स्टार्टअप व्यवसायका लागि महत्वपूर्ण हुने विचार व्यक्त गरे ।
त्यस्तै, सहसचिव जिवलाल भूषालले नीतिले अंगिकार गरेकोे स्टार्टअपको परिभाषा र स्टार्टअप र लघु, घरेलु तथा साना उद्योग र स्टार्टअप उद्यमका अन्तर सम्बन्धहरू, स्टार्टअप बर्ष २०३० र स्टार्टअप कर्जाहरूका विषयमा प्रकाश पारे ।
कार्यक्रमका अन्य वक्ताहरूमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्धय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, औद्योगीक व्यवसाय विकास प्रतिष्ठनका कार्यकारी निर्देशक उमेश कुमार गुप्तालगायत थिए । सबैले स्टार्टअप नीति २०८०, स्टार्टअप कर्जा सञ्चालन कार्यविधि २०८० र अहिले कार्यान्वयन भइरहेको कर्जा वितरणको अन्तिम अवस्थाहरूका बारेमा आ–आफ्ना विचारहरू व्यक्त गरे ।
कार्यक्रमका अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै महासंघका केन्द्रीय सदस्य एवम् वर्तमान स्टार्टअप एण्ड इन्नोभेसन फोरमका सभापति जूना माथेमाले नीति आउनु स्वाग्तयोग्य रहे पनि प्रचार–प्रसार झनै महत्वपूर्ण रहेको जानकारी दिइन् ।
FACEBOOK COMMENTS