![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ ।
दुई दिनको महत्वपूर्ण छलफलपछि यी दुई दल सत्ता सहकार्य गर्ने सहमतिमा पुगेका हुन् ।
सहमतिसँगै एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पक्का भएको छ । केपी ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताब बोकेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा आज राती नै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।
देउबासंगै एमालेका अध्यक्ष ओली र दोस्रो तहका अन्य नेताहरु पनि शीतलनिवास पुगेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ ।
दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको बताइएको छ ।
FACEBOOK COMMENTS