काठमाडौं । होप फाउन्डेसन नेपालले ५ कि.मी यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मिरा राई इनिसियटिभको सहर्कार्यमा फाउन्डेसनले असार २२, गतेबाट ५ कि.मी यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको हो । यस कार्यक्रमको मुख्य उधेश्य लागुपदार्थ दुर्व्यसनी बारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको होप फाउन्डेसनका अध्यक्ष राजिव थापाले जनाएका छन् ।
उक्त कार्यक्रममा सहभागिताहरुले खुल्ला र विद्यार्थी वर्गमा निशुल्क दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । त्यस्तै विजेता हरुले ५० हजार बराबर को नगद पुरस्कारपनि प्राप्त गर्नेछन् ।
FACEBOOK COMMENTS