काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभाग
बिच अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का÷रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी भएको छ ।
सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले र भूमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् ।
आफु मातहतका निकायहरुलाई डिजिटाईशेन गर्ने क्रममा लग्दै गएको र सो अन्तर्गतनै अनलाईन मार्फत रोक्का÷रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने बिश्वास लिएको बिभागका महानिर्देशक सापकोटाले बताए ।
बैंकका सीईओ श्रेष्ठले अनलाईन प्रणाली मार्फत रोक्का-रोक्का फुकुवा गर्दा बैंक तथा बित्तीय संस्थाहरुलाई पनि सहज तथा सरल हुने र बर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैंकलाई सुरक्षीत राख्न सक्ने तथा सेवाग्राहीलाई पनि अनावश्यक झञ्झटबाट मुक्ति मिल्ने बताए ।
FACEBOOK COMMENTS