काठमाडौं । नेपालका प्रतिष्ठित जुत्ता चप्पल कम्पनीहरुको सहभागितामा काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको ‘वृहत् जुत्ता चप्पल व्यापार मेला’ यही साउन १३ गतेसम्म जारी रहने भएको छ ।
विगत तीन महिनादेखि जारी मेला साउन १३ गतेसम्म सञ्चालन हुने आयोजक समेत रहेका बोस सुजका सञ्चालक गंगा श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जारी मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, हिमानी कलेक्सन, बोस सुज, भेनस सुज, आइडल, रन सुज, एक्स्ट्रा सुज, सु ल्यानड, र सिल ब्राण्डको सहभागिता छ ।
ब्राण्डेड र बलियो जुत्ता चप्पल विशेष छुटसहित सस्तो मूल्यमा ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको उनको भनाइ छ । ‘हामीले ग्राहकको भावनालाई राम्रोसँग बुझेका छौं । अझै बुझ्ने प्रयास गरिरहेका छौँ । हामीले जुत्ता किन्न पसल पसल धाउन नपर्ने हिसाबले मेला आयोजना गरिरहेका हौँ,’ श्रेष्ठले भने, ‘एक थलोमा धेरै ब्राण्डका जुत्ताहरु ग्राहकले आफ्नो आवश्यकता अनुसार रोजीरोजी खरिद गर्ने अवसर हामीले प्रदान गरेका छौँ । यहाँ बाहिर भन्दा धेरै सस्तो मूल्यमा जुत्ता चप्पल पाइन्छ ।’
यसअघि हुँदै आएका मेलाहरूका भन्दा पनि अहिले राम्रो छुटमा जुत्ताचप्पल बिक्री भइरहेको दाबी उनले गरे । मेलामा सस्तोदेखि महङ्गोसम्मका सबै प्रकारका जुत्ता चप्पल उपलब्ध रहेको पनि उनले जानकारी दिएका छन् ।

मेलामा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्म जुत्ता, जेन्ट्स तथा लेडिज चप्पल उपलब्ध छन् ।

यो पनि पढ्नुहोस्–

भृकुटीमण्डपमा ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ जारी (भिडिओसहित)