काठमाडौं । रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७०प्रो ५जी र रियलमी १२ एक्स ५जी सार्वजनिक भएका छन् ।
एयर जेस्चर कन्ट्रोल, सोनी आईएमएक्स ८९० क्यामेरा ट्रु फ्ल्यागशिप नाइट फोटोग्राफी चिपसेट र भिसि कुलिङ सिस्टमको साथ जेन जि प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने विश्वास कम्पनीले जनाएको छ ।
रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२ एक्स जी नेपाली बजारमा ल्याउन पाउँदा निकै हर्षित रहेको बताए । रियलमीका यी फोनहरूले सुपथ मूल्यमै ग्राहकहरूको पहुँच सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिने उनको भनाइ छ ।
रियलमी नार्जो ७० प्रो ५जीको उत्कृष्ट क्यामेरा रहेको छ । रियलमी नार्जो ७० प्रो ५जीको आधिकारिक सोनी आईएमएक्स ८९० ओआईएस क्यामेराले यो फोनलाई अरु फोन भन्दा फरक बनाउने कम्पनीको दाबी छ ।
यो फोनमा १२० हर्जको अल्ट्रा स्मूथ एमोल्ड डिस्प्लेको साथमा २००० निटस् लोकल पिक ब्राइटनेसले जिवन्त दृश्य प्रदान गर्ने कम्पनीको दाबी छ ।
डाइमेन्सीटी ७०५० ५जी चिपसेटद्वारा संचालित रियलमी नार्जो ७० प्रो ५जी ले उत्कृष्ट प्रफर्मेन्स दिन्छ । यो चिपसेटले आधुनिक स्मार्टफोन प्रयोगकर्ताहरूको माग पूरा गर्दै सहज मल्टिटास्किङ, गेमिङ र समग्र प्रणालीको कार्यसम्पादन सुनिश्चित गर्छ ।
५००० एमएएचको शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जको साथमा रियलमी नार्जो ७० प्रो ५जी ले लामो समयसम्म चल्ने र द्रुत रिचार्जिङको ग्यारेन्टी दिन्छ । यसले थोरै समय चार्ज गरेर धेरै समयसम्म डिजिटल संसारसँग जोडिन मद्दत गर्दछ ।
ग्लास ग्रिन तथा ग्लास गोल्डमा उपलब्ध होराईजन ग्लास डिजाईनले रियलमी नार्जो ७० प्रो ५जी लाई अझ बढि आकर्षक बनाउछ । मनमोहक डिजाइन, टचलेस कन्ट्रोल र एयर जेस्चर जस्ता उन्नत सुविधाहरू यस स्मार्टफोनमा उपलब्ध छ ।
रियलमी १२ एक्स ५जीमा भएको ५० एमपीको कलर एआई क्यामेराले सिनेमेटिक पोट्रेट फोटोग्राफी खिच्न सहज बनाउछ र प्रयोगकर्ताहरुले सजिलैसँग उत्कृष्ट तस्विरहरू खिच्न सक्छन् । यो फोनको पछाडि लागेको २ एमपीको क्यामेराले एकदमै राम्रो र सफा फोटोहरु खिच्छ ।
सेल्फीका लागि, यो फोनले फोटो, भिडियो, पानो, पोट्रेट, नाइट, र टाइम–लेप्स जस्ता विभिन्न फोटोग्राफी प्रकार्यहरू सहितको ८ एमपी इन–डिस्प्ले सेल्फी क्यामेरा रहेको छ ।
रियलमी १२ एक्स ५जीमा ६.७२ ईन्चको १२० हर्ज एफएचडी+ डिस्प्ले छ जसले ९५० निटस् सम्मको ब्राईटनेस प्रदान गर्दछ । यसको चुस्त रिफ्रेस रेटले प्रयोगकर्ताहरुलाई सहज स्क्रोलिङ्गको सुविधा रहेको कम्पनीको दाबी छ ।
यो फोनमा भएको ५००० एमएएचको ब्याट्रीले ४५ वाटको सुपरभोक चार्जिङ्ग प्रणालीमा काम गर्छ जसले गर्दा थोरै समय चार्ज गर्दा पनि लामो समयसम्म चार्ज टिक्छ । यो फोनको खरिदमा एउटा ४५ वाटको चार्जिङ्ग एडप्टर र टाईप सी यूयसबी पोर्ट पाउन सकिन्छ ।
रियलमी नार्जो ७० प्रो ५जीको बजार मूल्य ३३ हजार ९९९ रुपैयाँ रहेको छ भने रियलमी १२ एक्स ५जीको मूल्य २४ हजार ९९९ रुपैयाँ रहेको छ । यी दुबै फोनहरु नेपालका सम्पूर्ण आधिकारिक रियलमी बिक्रेताहरु मार्फत उपलब्ध छ ।
FACEBOOK COMMENTS