काठमाडौं । संसदको सबैभन्दा ठूलो नेपाली कांग्रेसको समर्थनमा गत आइतबार प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले संसदबाट दुई तिहाइ विश्वासको मत पाएका छन् ।
आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावमाथि व्यापक छलफलसहित मतदान हुँदा २७५ सदस्यीय प्रतिनिधि सभाबाट १८८ जना सांसदको विश्वास पाएका हुन् । आजको बैठकमा २६३ सांसद उपस्थिति थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ ।
प्रधानमन्त्री ओलीलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), र राष्ट्रिय जनमोर्चाले मत दिएनन् ।
FACEBOOK COMMENTS