काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली केएमसी अस्पताल पुगेका छन् ।
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेको थियो । विमानका चालक शाक्य घाइते भएका छन् । उनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली साँझ सिनामंगलस्थित काठमाडौं केएमसीमा पुगेका हुन् ।
शाक्यको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ रहेको अस्पतालले जनाएको छ । विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS