काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सौर्य एयरलाईन्सको जहाज दुर्घटनामा निधन भएका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
मन्त्री खड्काले सौर्य एयरलाइन्सको ‘नाइन एन एएमई सिआरजे सेभेन’को विमान दुर्घटनामा परेर निधन भएका मृतकको परिवारलाई आज त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा भेटेर समवेदना प्रकट गरे ।
मन्त्री खड्काले दिवंगत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक आत्माको चीरशान्तिको कामना र शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरे । उनले त्रिभुवन शिक्षण अस्पतालका डाक्टरलाई भेटेर चाँडो पोष्टमार्टम गरी आफन्तलाई शव बुझाउन आग्रह गरे ।
उक्त दुर्घटनामा परेर उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयकी सहायक कम्युटर अपरेटर प्रिजा खतिवडाको समेत मृत्यु भएको छ ।
FACEBOOK COMMENTS