काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतिक्षित रियलमी जिटी ६ टि नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी जिटी ६ टि मा क्वाल्कम स्न्यापड्रागन सेभेन जेन थ्रि चिपसेट, १२० हर्जको रिफ्रेस रेट, ५५०० एम.ए.एच को ब्याट्री र १२० वाटको सुपरभोक चार्जर जस्ता मुख्य फिचरहरु रहेका छन् ।
यसबारे बोल्दै रियलमीको भारत र नेपालको हेड अफ स्ट्राटिजी मुनिस गिरीले भने, “ नेपालमा रियलमी जिटी ६ टि ल्याउन पाउँदा हामी निकै उत्साहित छौं । यो फ्ल्यागशिप स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । हामी विश्वस्त छौँ कि रियलमी जिटी ६ टि ले स्मार्टफोन उद्योगमा नयाँ बेन्चमार्क सेट गर्नेछ ।”
स्न्यापड्रागन सेभेन जेन थ्रि प्रोसेसरको असाधारण प्रदर्शन
रियलमी जिटी टि ६ टि नेक्ट जेनेरेसन स्न्यापड्रागन सेभेन जेन थ्रि प्रोसेसरद्वारा संचालित छ । गेमरहरू, कन्टेन्ट क्रियटर तथा अन्य प्रयोगकर्ताहरुका लागि पनि रियलमी जिटी ६ टि उपयुक्त रोजाई हो ।
६००० निटको शानदार हाइपर डिस्प्ले
६.७८ इन्चको स्क्रीन मा ६००० निटको फ्लाग्शिप हाइपर डिस्प्ले भएको यो रियलमी जिटी ६ टि जतिसुकै उज्यालो घाममा पनि सहजै प्रयोग गर्न सकिनेछ । त्यस्तै —२७८०८१२६४ को रिजोलुसन र १२० हर्जको रिफ्रेस रेटको साथमा प्रयोगकर्ताले उत्कृष्ट अनुभव प्राप्त गर्न सक्नेछन् ।
फास्ट चार्जिङ र हेभी ब्याट्री
रियलमी जिटी ६ टि मा १२० वाटको सुपरभुक फास्ट चार्जर टाइप सि पोर्टको साथमा उपलब्ध हुन्छ । साथै ५५०० एमएएचको हेभी ब्याट्रीको साथ प्रयोगकर्ताले लामो समयसम्म यस स्मार्टफोनको प्रयोग गर्न सक्नेछन् ।
उन्नत क्यामरा सिस्टम
रियलमी जिटी टि ६ मा ५० मेगापिक्सेलको सोनी एलवाइटी ६०० को प्राथमिक क्यामारा र ८ मेगापिक्सेलको वाइड लेन्स उपलब्ध छ । साथमा ३२ मेगापिक्सेलको आइएमएक्स ६१५ को फ्रन्ट क्यामारा र ६० एमपिएसमा ४ के भिडियो पनि जिटी टि ६ को क्यामरा समावेश रहेको छ । साथै रियलमी जिटि सिक्स टिमा भएको सोनी ओआइएस्को ५० एमपिको क्यामराले उत्कृष्ट फोटो तथा भिडियो लिन प्रयोगकर्ताहरुलाई सहज हुनेछ भने यसको एआइ फ्रेम स्टेबिलाइजेसन टेक्नोलोजी २.० ले स्मूथ र क्लियर भिडियो लिन सक्छ । यसको क्यामरामा भएको फ्ल्यागशिप लेभलको हाइपर टोन इमेज एन्जिनले स्मार्टफोन फोटोग्राफिलाई नयाँँ उचाइ प्रदान गर्छ । ५५०० एमएएचको शक्तिसाली ब्याट्रि भएकोले ८ घण्टासम्म निरन्तर गेम खेल्न सकिन्छ ।
कनेक्टिविटी र नेभिगेशन
रियलमी जिटी टि ६ ले ५ जिं ५ जिको डुअल मोड उपलब्ध रहेको छ । साथै वाइफाइ ६, ब्लुटुथ ५.४, एनएफसी सहित जिपिएस, ग्यालिलियो, बाइडु जस्ता न्याभिगेसन सिस्टम पनि उपलब्ध रहेको छ ।
स्लीक डिजाइन र उत्कृष्ट अडियो
१६२ एमएमको लम्बाइ, ७५.१ एमएमको चौडाइ र ८।६५ एमएमको गहिराइले यस स्मार्टफोनको डिजाइन उत्कृष्ट बनाएको छ । १९१ ग्रामको तौल रहेको रियलमी जिटी टि ६ ह्यान्डल गर्न निकै सहज छ । साथमा यसमा रहेको डुअल माइक नोइज क्यान्सिलेसनले आकर्षक अडियो अनुभव प्रदान गर्दछ ।
रियलमी युआइ ५.० को साथमा पृथक अनुभव
रियलमी जिटी टि ६ एन्ड्रोइड १४ मा आधारित रियलमी युआइ ५।० मा चल्दछ जसले जसले प्रयोगकर्तालाई आवश्यक अपसन छान्ने सुविधा र र उन्नत गोपनीयताका सुविधाहरू प्रदान गर्दछ ।
मुल्य र उपलब्धता
रियलमी जिटी ६ टि १२ ५१२ जिबी भेरियन्टमा फ्लुइड सिल्भर र रेजर ग्रीन रंगमा उपलब्ध छ जसको मुल्य रु ६५,९९९ रहेको छ ।
रियलमी जिटी ६ टि साउन ९ देखि नेपालभरका सबै आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ ।
FACEBOOK COMMENTS