काठमाडौं । इन्दिरा आईभीएफले दम्पतीहरूलाई आशालाई जीवित राख्दै आफ्नो अभिभावकत्वको सपना साकार गर्न आव्हान गरेको छ । इन्दिरा आईभीएफ नेपाल दम्पतीहरूलाई उनीहरुको अभिभावकत्वको यात्रामा बृहत् र सहृदयी सहायता प्रदान गर्न प्रतिबद्ध रहेको जनाउँदै यस्तो आग्रह गरेको हो ।
विश्व आईभीएफ दिवसको अवसरमा केन्द्रले बाँझोपन उपचारको बारेमा व्याप्त भ्रम र गलत धारणाहरूलाई सम्बोधन गर्ने आफ्नो प्रतिबद्धतामा पुनः जोड दिएको छ । विश्व आईभीएफ दिवस एक महत्त्वपूर्ण अवसर हो जसले इन भिट्रो फर्टिलाइजेसन (आभीएफ) को क्षेत्रमा प्रगति र सफलताका कथाहरू सुनाउँदै जनमानसमा सचेतना जगाउँछ ।
आईभीएफको यात्रा विश्वव्यापी सफलताको कथासँगै सुरु भएको हो । विश्व आईभीएफ दिवस सन् १९७८ मा पहिलो आईभीएफ शिशु लुइस ब्राउनको जन्मको सम्झनामा मनाइन्छ । उनको आगमनले मानव शरीर बाहिर पनि गर्भाधान सम्भव छ भनेर प्रमाणित गर्दै चिकित्सा विज्ञानमा एक महत्वपूर्ण उपलब्धि अङ्कित भएको थियो ।
आईभीएफमा नेपालको यात्रा भने धेरै पछि मात्र सुरु भयो । नेपालले सन् २००५ मा आफ्नो पहिलो आईभीएफ शिशु ओममणि तामाङलाई जन्म दिएको थियो । सुरुमा केही केन्द्रहरूले मात्र आईभीएफ सेवा दिने गरेकोमा हालका वर्षहरूमा भने यसमा उल्लेखनीय परिवर्तन आएको छ ।
नेपालमा आईभीएफ क्षेत्रले विगत केही दशकहरूमा उल्लेखनीय वृद्धि र विकास गरेको छ । जसलाई पनि असर गर्न सक्ने एक चिकित्सा अवस्थाको रूपमा बाँझोपनलाई स्वीकार गरिएको हुनाले यसका लागि उन्नत प्रजनन प्रविधिहरूको माग दिनदिनै बढिरहेको छ ।
इन्दिरा आईभीएफजस्ता प्रजनन क्लिनिकहरूको विस्तारले उपचार चाहनेहरूलाई अझै नजिक ल्याउँदैछ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको बाँझोपनको बारेमा बढेको जागरूकताले भ्रम र अन्धविश्वासलाई तोडेको छ ।
दम्पतीहरूलाई उनीहरूले भोगेका पीडा र संघर्षहरू खुला रूपमा छलफल गर्न र उनीहरूको अभिभावकत्वको सपना हासिल गर्न आवश्यक उपचार खोज्न प्रोत्साहित गरेको छ । यी सबै कारकहरूले पनि बाँझोपनको सामना गरिरहेका नेपाली दम्पतीहरूका लागि आईभीएफलाई अझ सुलभ विकल्प बनाएको छ ।
‘ढिलो बच्चा जन्माउने, मदिरा र सुर्तीजन्य पदार्थको सेवनजस्ता अस्वस्थ जीवनशैली र बदलिँदो वातावरणीय अवस्थाले बाँझोपनमा योगदान पुर्याउँछ । हामीसँग शुक्रकीटको संख्या कम भएको एउटा केस थियो र त्यसमा डीएफआई परीक्षण र टेसा प्रक्रियाको संयोजन गरेर हामी सफल गर्भावस्था प्राप्त गर्न सक्षम भयौं’, इन्दिरा आईभीएफकि केन्द्र प्रमुख तथा बाँझोपन विशेषज्ञ डा। नेहा होमागाईले भनिन् ।
इन्दिरा आईभीएफमा कार्यरत प्रजनन विशेषज्ञ डा। मनिषा आचार्य थप प्रकाश पार्छिन्, ‘विशेषगरी कम शुक्रकीट संख्याका कारण हुने पुरुष बाँझोपनको समस्या नेपालमा धेरै छ ।’
उनले थपिन् , ‘इन्दिरा आईभीएफ नेपालमा उपचारका लागि आउने धेरै बिरामीहरूले यस अघि अन्यत्र असफल आईभीएफ प्रयासहरू गरिसकेका हुन्छन् । उन्नत प्रविधि र व्यक्तिगत हेरचाहको साथ इन्दिरा आईभीएफ नेपाल आफ्नो परिवार सुरु गर्न प्रयासरत जोडीहरूलाई आशा र समाधान प्रदान गर्दछ ।’
समाजमा बाँझोपनलाई प्रायः महिलाको समस्या भनिन्छ। तर ४० प्रतिशत पुरुष र ४० प्रतिशत महिला र २० प्रतिशत दुवैजना बाँझोपनका लागि जिम्मेवार हुन्छन् ।
महिलाहरूमा पोलीसिस्टिक ओभरी सिन्ड्रोम ९पीसीओएस०, अधिक तौल, खराब खानपान र आसीन जीवनशैली सामान्यतया पाइएका बाँझोपन कारणहरू हुन् । प्रभावकारी उपचार र सफल नतिजाहरूको लागि पुरुष र महिला दुवैका समस्याहरू बुझ्न र त्यसलाई सम्बोधन गर्नु महत्त्वपूर्ण हुन्छ ।
नेपालमा परम्परागत सामाजिक दृष्टिकोणले बाँझोपनको बोझ महिलालाई मात्रै बोकाउँछ। यद्यपि, इन्दिरा आईभीएफले पुरुष बाँझोपनका कारकहरूलाई हाइलाइट गरेर र प्रजनन चुनौतीहरूको बारेमा खुला सञ्चारलाई बढावा दिएर यो धारणा परिवर्तन गर्दैछ। केन्द्रले आमजनतालाई शिक्षित पार्न र आईभीएफ सम्बन्धी व्याप्त मिथकहरू हटाउन नेपालभर ११ वटा सचेतना शिविरहरू सञ्चालन गरिसकेको छ ।
भारतको प्रजनन अस्पतालहरूको अग्रणी शृङ्खला इन्दिरा आईभीएफले यस वर्षको सुरुमा नेपालको काठमाडौंमा आफ्ना सेवाहरू विस्तार गर्यो र सुलभ अनि किफायती बाँझोपन उपचारको बढ्दो मागलाई सम्बोधन गर्यो ।
क्लिनिकले दम्पतीहरूलाई अभिभावकत्वको यात्रामा सशक्त बनाउन व्यापक हेरचाह, भावनात्मक समर्थन र अत्याधुनिक प्रविधि प्रदान गर्दछ। नेपालमा बाँझोपन उपचारलाई रूपान्तरण गर्न र उज्ज्वल भविष्यको लागि आशा प्रदान गर्न इन्दिरा आईभीएफ प्रतिबद्ध छ ।
इन्दिरा आईभीएफको बारेमाः
देशभर १४० भन्दा बढी केन्द्रहरू भएको र ३१०० भन्दा बढी जनशक्तिको उत्साही कार्यबलद्वारा समर्थित इन्दिरा आईभीएफ भारतको सबैभन्दा ठूलो बाँझोपन विशेष क्लिनिक चेन हो ।
इन्दिरा आईभीएफले एक वर्षमा लगभग ४५००० भन्दा बढी आईभीएफ प्रक्रियाहरूद्वारा उपचार सम्पन्न गर्दै आएको छ जुन सङ्ख्या देशभरिमा सबैभन्दा धेरै हो ।
एक जिम्मेवार र अग्रणीको रूपमा इन्दिरा आईभीएफले बाँझोपनको बारेमा व्याप्त भ्रम, वर्जना, मिथक र गलत जानकारी हटाउन निरन्तर प्रयास गर्छ । इन्दिरा आईभीएफ प्रजनन उपचारका लागि प्रतिभा विकास र ग्रुमिङ गर्न पनि प्रतिबद्ध छ ।
सन् २०२३ मा बीपीईए–ईक्यूटी ले यस संगठनमा रणनीतिक रूपमा लगानी गरेको थियो। इन्दिरा आईभीएफको स्थापना सन् २०११ मा राजस्थानको उदयपुरमा डा। अजय मुर्डियाद्वारा गरिएको हो ।
FACEBOOK COMMENTS