काठमाडौं । बागमती नदि बस्तीमा पसेको छ ।
काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा रातभर पानी परेको छ । जसले गर्दा बागमती बस्तीमा पसेको हो । बागमती, विष्णुमती जस्ता नदीहरु खतराको तह पार गरेका छन् ।
बागमती लगायत विभिन्न नदी आसपासका स्थानीयलाई सतर्कता अपनाउन भनिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बागमतिका साथै हनुमन्ते, धोविखोला, विष्णुमती, हनुमन्ते, मनोहरा, बल्खु लगायत सबै खोलामा जलसतह खतराको तहमा पुगेको छ ।
FACEBOOK COMMENTS