काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन एफपीओ आज बाँडफाँट हुँदैछ ।
आज ८ बजे बिक्री प्रबन्धक कुमारी क्यापिटलमा सेयर बाँडफाँट हुने बताइएको छ ।
कम्पनीले साउन ४ गतेदेखि प्रतिकित्ता सय रुपैयाँका दरले ४६ हजार ७२९ कित्ता सेयर निष्कासन गरेको छ ।
एफपीओमा १६ लाख ५९ हजार आवेदन परेको छ । एफपीओमा १६ लाख ५९ हजार ०७५ आवेदकबाट कुल २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँको २ करोड ३८ लाख ६३ हजार ४० सय कित्ता सेयरमा आवेदन परेको छ ।
एफपीओ माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट हुनेछ । सेयरमा ४ हजार ६७२ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् ।
FACEBOOK COMMENTS