काठमाडौं । देशमा सुशासनको अभाव रहेको कारण पछिल्लो समय दक्ष जनशक्ति पलायन हुने क्रम बढेको छ । देशमा बढ्दै गएको भ्रष्टाचार, अनीति र सुशासन अभावले विगत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने सीफयुक्त जनशत्तिको संख्या बढेको हो ।
आव २०७९–०८० मा दक्ष भएर वैदेशिक रोजगारीमा जाने श्रमिक ६५ प्रतिशत रहेकोमा आव २०८०–८१ मा यो संख्या ६ प्रतिशत बढेर ७१ प्रतिशत पुगेको छ । वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको तथ्यांक अनुसार आव २०८०–८१ मा ७ लाख ४१ हजार युवाले श्रम स्वीकृति लिएकोमा त्यसको ७१ प्रतिशत अर्थात ५ लाख ३२ हजार १२३ दक्ष युवा वैदेशिक रोजगारीमा गएको उल्लेख छ । विभागका निर्देशम लोकनाथ भुसालले पछिल्लो समय सीफ सिकेर जाने श्रमिकको संख्या बढ्दो क्रममा रहेको बताएका छन् ।
बिगतमा दक्ष जनशत्तिको परीक्षण नै नगरी सरकारले वैदेशिक रोजगारीमा ४८ प्रतिशत श्रमिक अदक्ष रहेको तथ्यांक सार्वजनिक गर्ने गरेको थियो । त्यसमध्ये महिला श्रमिकको हिस्सा अझ कम रहेको छ । सरकारले २०७६ भदौबाट तोकिएको क्षेत्र अनुसार १ महिनाको सिप सम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने नियम बनाउने जनाएको थियो । अघिल्लो आवबाट विदेशिने कामदारको संख्या बुद्धि भएर र पुनः श्रम स्वीकृति लिनेको संख्या बढी भएका कारण दक्ष श्रमिकको रूपमा जाने संख्या उच्च रहेको देखिन्छ । दक्ष भएर वैदेशिक रोजगारीमा जाने श्रमिकको आम्दानी उच्च रहने गरेको छ । इन्जिनीयर, पाइलट र डाक्टरहरू पनि पछिल्लो समय विदेश पलायन हुन थालेका छन् । नेपालमा एक महिनामा हुने आम्दानी विदेशमा एक सातामै आर्जन गर्न सकिने भएकै कारण दक्ष जनशक्ति पनि विदेश पलायन हुन थालेका हुन् ।
दक्ष भएर वैदेशिक रोजगारीमा जाने श्रमिकको आम्दानी उच्च रहने गरेको छ । इन्जिनीयर, पाइलट र डाक्टरहरू पनि पछिल्लो समय विदेश पलायन हुन थालेका छन् । नेपालमा एक महिनामा हुने आम्दानी विदेशमा एक सातामै आर्जन गर्न सकिने भएकै कारण दक्ष जनशक्ति विदेश पलायन हुन थालेका हुन् ।
वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउन सिप विकास तालिम अनिवार्य गर्नु पर्ने खाँचो बढेको छ । रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू भएपछि नेपालबाट वैदैशिक रोजगारीमा जाने सबै युवा सिपयुक्त प्रमाणपत्रको आधारमा जानु पर्ने थियो । वैदेशिक रोजगार ऐनमा वैदशिक रोजगारीमा जादा अनिवार्य तालिम लिनु पर्ने व्यवस्था रहेको छ ।
वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सिप विकास सम्बन्धी तालिम लिनु पर्ने जनाउदै यसका लागि प्राविधिक र भौतिक पूर्वाधार विकास गरेको छ । विगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिई विदेश जाने प्रवृत्ती देखिएपछि दुई वर्ष अघि अनलाइन प्रणालीमार्फत तालिमको ट्रयाकिङ समेत गर्ने गरी तालिमलाई बाध्यात्मक बनाउने निर्णय भएको थियो । वैदेशिक रोजगार विभागका अनुसार व्यवसायीले कामदार भर्ना गर्दा मागपत्रमा एक प्रकारको काम भनेर प्रक्रिया अघि बढाउने र विदेश पुगेर अर्को काम गराउने गरेको गुनासो धेरै आउन थालेपछि तालिमको व्यवस्थालाई अनिवार्य गरिएको जनाएको छ ।
FACEBOOK COMMENTS