काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ७० अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ७ सय ६६ दशमलव ३८ विन्दुमा पुगेको छ । आज ३ सय २२ कम्पनीको ५ करोड ९४ लाख ६ हजार ८ सय ३२ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ७० करोड ४३ लाख ४ हजार १ सय ३ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव २४ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ०४ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव १८ प्रतिशतले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ०८ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS