काठमाडौं। महिन्द्रा समूह अन्तर्गतको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले नेपालमा “Yuvo Tech+” ट्रयाक्टर शृङ्खला सार्वजनिक गरेको छ ।
महिन्द्राको नेपाल स्थित डिलर अग्नि ग्रुपले आफ्ना ग्राहकवर्गहरुलाई छिटो छरितो तथा नयाँ प्रविधिको ट्र्याक्टर उपलब्ध गराउनको निमित्त यहि श्रावण २८ गते सोमबारका दिन नयाँ ट्र्याक्टर मोडल YUVO TECH + 575 DI लाइ विराटनगर, दमक, जनकपुर, वीरगन्ज, चितवन र नेपालगन्जका ६ अग्नि शाखा र डिलर लोकेशनमा एकै साथ उद्घघाटन गरेको छ ।
यो श्रृंखला 12F (फर्वार्ड) + 3R (रिभर्स) ट्रान्समिशन टेक्नोलोजीको साथ आउँछ, जसमा 3-speed range option -H–M–L विभिन्न माटोको प्रकार र कृषि अनुप्रयोगहरूमा आधारित गियर गति चयन गर्न मद्दत गर्दछ । उच्च परिशुद्धता नियन्त्रण भल्भहरू र उत्कृष्ट–इन–क्लास लिफ्ट क्षमताको साथ, यस ट्रयाक्टरले सजिलैसाथ भारी उपकरणहरू ह्यान्डल गर्न सक्छन्। शक्तिशाली र ईन्धन–कुशल इन्जिनले भरिएको, यस ट्रयाक्टरले उच्च स्तरको टर्क र उत्कृष्ट इन्धन दक्षता प्रदान गर्दछ ।
थ्गखय त्भअजं सिरिजको उद्घघाटन समारोहमा बोल्दै केदार आप्टे, अन्तर्राष्ट्रिय अपरेसन प्रमुख, कृषि उपकरण क्षेत्र, महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका अनुसार, “खेती र जीवनलाई समृद्ध बनाउने हाम्रो उद्देश्य अनुरूप नेपालको कृषि आवश्यकताहरूलाई रूपान्तरण गर्न प्रतिबद्ध जनाएको छ ।
अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले “परिवर्तित समयसँगै, नेपालको किसानहरू विकसित हुँदैछन् र कृषि उत्पादकत्व र त्यसैले आम्दानी बढाउनको लागि सबैभन्दा अगाडि टेक्नोलोजीको साथ उच्च स्तरको सशक्तिकरण खोजिरहेको अवस्थामा हामी उन्नत प्रविधि र विस्तारित सुविधाका साथ सबै नयाँ Yuvo Tech+ मोडेलहरू प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौं साथै यसको अधिक्तम लाभ लिई नेपाली कृषकहरुले आफ्नो आर्थिक उन्नत्तिमा सहयोग पुराउनेमा आफुहरु विश्वस्थ रहेको बताएका छन् । महिन्द्रा, ३ दशक भन्दा बढी समय देखि नेपालमा किसानहरु माझ एक विश्वसनीय ब्रान्डको रुपमा स्थापित छ ।
FACEBOOK COMMENTS