काठमाडौं, बैशाख ६ -आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले अफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी कोषमा उक्त सहयोग गरेको हो ।
यस संकटको घडीमा एउटा सानो सहयोगले पनि कोरोना भाईरस विरुद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि केही थप सहयोग हुने आशा कम्पनीले गरेको छ ।
साथै, यस कम्पनीले नेपालभरको विभिन्न अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई ब्यक्तिगत सुरक्षाका लागि सुरक्षा सामग्री पीपीई लगायतका सामानहरु समेत हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS