काठमाडौं । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश गएका १ हजार ३०० जनाभन्दा धेरै नेपालीको मृत्यु भएको छ ।
गत आर्थिक वर्ष २०८० /०८१ विदेश गएका एक हजार ३७८ जना नेपालीले ज्यान गुमाएका हुन ।
वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार रोग लागेर सबैभन्दा धेरै मृत्यु भएको छ । विभिन्न रोग लागेर २६१ जना नेपालीले ज्यान गुमाएका छन् ।
यस्तै आत्महत्या १९२, प्राकृतिक मृत्यु १९१, हृदयाघात १२०, सवारी दुर्घटनामा मृत्यु १०३ रहेको बोर्डको तथ्यांक छ ।
७ जनाको हत्या भएको छ । ५४ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । ६० जनाको बिरामी भएर मृत्यु भएको छ । ६९ जनाको मृत्युको कारण थाहा हुन सकेको छैन भने ४ जनाको कार्यस्थलमा दुर्घटना भएर र ६३ जनाको अन्य कारणले मृत्यु भएको छ ।
त्यस्तै ५१ जनाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको बोर्डले जनाएको छ । ७ जनाको मृगौलाको रोग लागेर, ७ जनाको कोभिड-१९ का कारण, ७९ जनाको कार्डिक एरेष्टका कारण, ३९ जनाको क्यान्सरका कारण मृत्यु भएको छ ।
FACEBOOK COMMENTS