यमुना श्रेष्ठ
प्रबन्ध निर्देशक साइमेक्स इङ्क प्रालि (बीवाईडी)
कार्यसमिति सदस्य नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल
बीवाईडी आज सबै उपभोक्ताको रोजाइको विषय बनेको छ । यो विश्वव्यापी ब्राण्ड हो ।
नाडा अटो शोमा पनि यसले केही न केही नयाँ लिएरै आउँछ । त्यसलाई हामीले सरप्राइजको रूपमा राखेका छौँ । यो आठ वर्षको अन्तरालमा उपभोक्ताले बीवाईडीका उत्पादनलाई धेरै रुचाइदिनुभएको त्यसका लागि धेरै धन्यवाद दिन चाहान्छु ।
यो नाडा अटो शोमा हामी गाडी प्रदर्शन र बिक्री मात्र गर्दैनौँ इलेक्ट्रिक भेहिकल (ईभी) के हो भनेर पनि राम्रोसँग बुझाउने छौँ । त्यसका लागि हामी विशेष प्रस्तुतिकरण गर्दैछौँ । देशका विभिन्न स्थानमा बीवाईडीको डिलर राखी बिक्रीवितरण हुँदै आएको बीवाईडीको ईभी गाडीप्रति क्रेज आम उपभोक्ताबीच बढ्दो छ ।
मुलुकको आर्थिक अवस्था समस्यामा रहेको बेलामा नाडा अटोमोबाइल एसोसिएशन अफ नेपालले ‘नाडा अटो शो, २०२४’ आयोजना गरेको छ । यो मेला हामी व्यापारी र उपभोक्ताले समेत एकै छानामुनिबाट धेरै सुविधा लिन र दिनसक्ने महत्वपूर्ण प्लाटफर्म हो । यो प्लाटफर्मको भरपूर सदुपयोग गर्न आम नेपालीलाई हार्दिक अनुरोध गर्दछु । थप पढ्न यहाँ क्लिक गर्नुहोस्–
भिडियो पनि हेर्नुहोस्–
FACEBOOK COMMENTS