काठमाडौं । पाकिस्तानमा रहेका आतंकवादीहरूले स्लीपर सेलमार्फत भारतमा आक्रमण गर्ने प्रयास गरिरहन्छन्। तर, भारतका गुप्तचर एजेन्सीहरूले यी आतंककारीहरूको नापाक योजनालाई सफल हुन दिँदैनन्। अहिले भारतका गुप्तचर एजेन्सीहरू निकै सतर्क छन् । यस पछाडिको कारण पाकिस्तानमा बसेका आतंकवादी फरहतुल्लाह घोरी हुन् ।
वास्तवमा फरहतुल्लाह घोरीको एउटा भिडिओ सार्वजनिक भएको छ, जसमा उनले स्लीपर सेलमार्फत भारतमा रेलमा आक्रमण गर्ने कुरा गरेका छन् । भिडिओमा उनले प्रेसर कुकरबाट बम विष्फोट गर्ने विभिन्न तरिकाका बारेमा कुरा गरेका छन् ।
भारतमा फरार घोषित भएपछि घोरी पाकिस्तानमा लुकेर बसेका छन् । उनले नै पाकिस्तानको इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) को सहयोगमा बेंगलुरूको रामेश्वरम क्याफेमा स्लीपर सेलमार्फत विष्फोटको योजना बनाएका थिए । गत मार्च १ मा रामेश्वरममा भएको विष्फोटमा १० जना घाइते भएका थिए ।
को हुन् फरहातुल्लाह घोरी ?
अबु सुफियान, सरदार साहब र फारूकको नामले चिनिने फरहातुल्लाह घोरी आतंकवादी हुन् । सन् २००२ मा गुजरातको अक्षरधाम मन्दिरमा भएको आक्रमणमा उनको हात थियो । यससँगै उनी सन् २००५ मा हैदरावाद टेस्ट फोर्सको कार्यालयमा भएको आत्मघाती हमलामा पनि जिम्मेवार छन् ।
फरहतुल्लाह घोरी र उनका ज्वाइँ शाहिद फैसलको दक्षिण भारतमा स्लीपर सेलहरूको बलियो सञ्जाल छ । फैसल रामेश्वरम क्याफे ब्लास्टका दुवै अभियुक्तहरूसँग सम्पर्कमा थिए र मुद्दामा ह्यान्डलर थिए।
केही महिनाअघि पुणे-आईएसआईएस मोड्युलका धेरै आतंककारीहरूलाई देशभरबाट पक्राउ गरेपछि दिल्ली पुलिसले घोरीको नाम रेकर्डमा राखेको थियो । त्यसबेला अधिकारीहरूले भारतमा आईएसआईले स्लीपर सेल चलाएर आक्रमण गर्न युवा भर्ती गरिरहेको दाबी गरेका थिए । –जागरण डटकमबाट अनुवाद
FACEBOOK COMMENTS