काठमाडौं । टीभीएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क डिस्क बीएस सिक्स एफआई सार्वजनिक गरेको छ । नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरूद्वारा उक्त एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो ।
एनटर्क डिस्क बीएस सिक्स एफआईमा रहेको अत्याधुनिक प्रविधि र आरटीएफआई बीएस सिक्स प्रणालीले उत्कृष्ट माइलेज प्रदान गर्दछ । यस भेरियन्टमा रहेको स्मार्ट एक्स कनेक्टअन्तर्गत कलर आईडी, नेभिगेशन असिस्ट, ब्लुटुथ र एसएमएस अलर्टहरू पनि उपलब्ध छन् । साथै ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेशन र इमर्जेन्सी लाइटजस्ता सुविधाहरू पनि यस भेरियन्टमा उपलब्ध छ ।
एनटर्क डिस्क बिएस सिक्स एफआईको मूल्य मात्र २ लाख ७९ हजार ९०० रूपैयाँ छ । अन्य ब्राण्डका ११० सीसीको मूल्य जति नै मूल्य रहेको एनटर्क १२५ सीसीको यो भरियन्ट यति धेरै फिचरहरूका साथ लन्च गर्न पाउनु ठूलो उपलब्धि भएको कम्पनीले जनाएको छ ।
टीभीएसको लाइफटाइम वारेन्टीको सुविधा, स्पेयर पार्टस् को १ घण्टा भित्र डेलिभरीको सुविधा र नेपालकै पहिलो स्पोर्टी स्मार्ट स्कुटर भएकाले यो ब्राण्डको बजारमा आफ्नो स्थान थप बलियो रहेको कम्पनीको दाबी छ । साथमा यसमा रहेको लोयल्टी एपले ग्राहकको अनुभवलाई झनै राम्रो बनाउने र एनटर्क डिस्क बीएस सिक्स एफआई राइडरहरूको लागि पहिलो चोइस हुने कम्पनीको विश्वास छ ।
एनटर्क डिस्क बीएस सिक्स एफआईमा रहेका फिचरहरूले राइडरहरूलाई विशेष अनुभव प्रदान गर्नेछ । नयाँ भेरियन्टमा उन्नत इन्जिनियरिङ, उत्कृष्ट पर्फर्मेन्स र स्टाइलिस डिजाइनले साहसी युवा राइडरहरूलाई स्वाभाविक रूपमा आकर्षित गर्नेछ ।
नेपालभरका सबै आधिकारिक टीभीस डिलरहरूमा तथा नाडा अटो शोमा पनि एनटर्क डिस्क बीएस सिक्स एफआई उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS