काठमाडौं । आज बिहान मनाङमा भूकम्प गएको छ ।
बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
उक्त भूकम्पको धक्का आसपासका विभिन्न जिल्लामा गरिएको थियो । भूकम्पको गहिराई १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।
भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।
FACEBOOK COMMENTS